लुक्लामा बारबार किन हुन्छ विमान दुर्घटना ?

१४ जेठ, काठमाडौं । प्रायः विमान दुर्घटनामा परेपछि हुने अध्ययन÷अनुसन्धानमा सम्बन्धित पाइलटको ‘गल्ती’ भएको निष्कर्ष निकालेपछि सरोकारवाला निकायको जिम्मेवारी पूरा हुन्छ । तर, त्यही प्रकृतिका दुर्घटना दोहोरिरहे पनि निराकरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलगायतको ध्यान जाँदैन ।

सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा समिट एयर (गोमा एयर) ले सञ्चालन गर्दै आएको चेक रिपब्लिक निर्मित एलइटी ४१० जहाज दुर्घटनाले फेरि एकपटक प्राविधिक, उड्डयन प्राधिकरण र विमान सञ्चालकमाथि प्रश्न उठाएको छ ।

करिब २ हजार ८ सय ४५ मिटर उचाइमा रहेको लुक्ला विमानस्थल इन्जिनियरिङको नमूना भए पनि नागरिक उड्डयनका हिसाबले अत्यन्तै चुनौतीपूर्ण मध्ये एकमा पर्छ ।

उड्डयन क्षेत्रका जानकारहरुका अनुसार, लुक्ला रन्वे अप्रोच गर्नुअघि खाल्डो जमिन भएर त्यहाँ पुग्नुपर्छ । तर, मौसमी प्रतिकूलता र स्थानीय स्तरमा बन्ने बादलले तत्कालै भिजिबिलिटी खत्तम हुने भएका कारण लो अप्रोचमा दूधकोसी किनारैकिनार आउने जहाज दुर्घटनामा पर्नसक्ने सम्भावना बढी हुन्छ ।

समिट एयरको हकमा पनि यही अवस्था आएको हुनसक्ने प्रारम्भिक अनुमान यस क्षेत्रका विज्ञ चालकको छ । नागरिक दैनिकमा खबर छ ।

मुस्लिम समुदायको रमजान सुरुः दिनभरि भोकै बसेर कसरी भोट हाल्ने ?

१४ जेठ, काठमाडौं । दोस्रो चरणको निर्वाचनका लागि चुनावी वातावरण बन्दै गएपछि मुस्लिम समुदायलाई भने कसरी भोट हाल्ने भन्ने चिन्ताले सताउन थालेको छ ।

मुस्लिम समुदायमा कठोर अनि निकै लामो पर्व मानिने रमजान आइतबारदेखि सुरु हुँदैछ ।

एक महिनासम्म दिनभर व्रत बसेर मुस्लिम समुदायले यो पर्व मनाउँछन् । यो समयमा उनीहरुले बिहान सूर्य उदाएपछि साँझ सूर्यास्त नहुँदासम्म मुखमा पानीसमेत हाल्दैनन् ।

२० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा कसरी भोट हाल्न सजिलो होला भन्ने चिन्ता अहिले मुस्लिम समुदायमा छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

तीन वर्षभित्र देशभर विद्युत्तीकरण, एलपी ग्यास हटाइने

१४ जेठ, काठमाडौं । ऊर्जा मन्त्रालयले सबै नेपालीलाई विद्युत्तको पहुँचमा पुर्याई आउँदो तीन वर्षभित्रमा खाना पकाउने ग्यास विस्थापनको महत्त्वकांक्षी योजना अघि सारेको छ ।

‘देशभर तीन वर्षमा विद्युत्तीकरण गर्ने योजना बनाएको छ । विद्युत्तमा पहुँच नभएका सबै नागरिकसमक्ष विद्युत्तको पहुँच पुर्याइनेछ,’ ऊर्जामन्त्री जनार्दन शर्माले भने, ‘यसबाट खाना पकाउने ग्यास विस्थापन गर्न सकिन्छ ।’

मन्त्रालयले आगामी सात वर्षमा १७ हजार मेगावाट विद्युत्त उत्पादन गर्ने गरी एकैपटक ठूला जलविद्युत्त आयोजना सुरु गर्ने प्रस्ताव गरेको छ ।

उर्जामा लगानीको समस्या नभएको भन्दै शर्माले ४ हजारमा जनताको लगानी उपयोग गर्न सकिने बताएको नयाँ पत्रिका दैनिकमा खबर छ ।

पशुलाई ८ घन्टा बढी काममा लगाउन नपाइने, छाडा छाडे, पुच्छर बटारो कारबाही !

१४ जेठ, काठमाडौं । पशुलाई मानिसले आफूखुसी जति समय पनि काममा लगाउने प्रवृत्तिलाई सरकारले बन्देज लगाउने कानुन ल्याएको छ । पशुपपंक्षी विकास मन्त्रालयले पशु कल्याण निर्देशिका, ०७३ जारी गर्दै पशुलाई अधिकतम ८ घन्टा मात्रै काममा लगाउन पाइने प्रावधान ल्याएको हो ।

त्यति मात्रै होयन, वृद्धावस्थामा पुगेको पशुलाई कामबाट निवृत्त गरी पशुधनीले उचित हेरचाह गर्नुपर्ने प्रावधानसमेत निर्देशिकामा समेटिएको छ ।

अधिकतम ८ घन्टा काममा लगाउन पाइने व्यवस्था विश्वका अधिकांश मुलुकका श्रम ऐनले गरेको छ । पशुपंक्षीलाई काममा लगाउँदासमेत समयसीमाको व्यवस्था नेपालमा पहिलोपटक ल्याइएको हो ।

निर्देशिकाले बूढो भएको पशुलाई छाडा छोड्न नपाइने व्यवस्था गरेको छ । पशुप्रति हुने निर्दयी व्यवहारमा रोकावट गरी उचित व्यवस्थापन, विकास, गुणस्तर कायम गर्न निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएको छ ।

पशुले काम गरिरहेका बेला मानिसले अक्सर पुच्छर बटार्ने, चोटपटक लाग्ने गरी कुटपिट गर्ने गरेको देख्न पाइन्छ । तर, निर्देशिकाले पुच्छर बटार्ने, भाँच्ने, अंगभंग गर्न नपाइने व्यवस्था गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्याकेजमै सहमति खोज्न प्रधानमन्त्रीको प्रस्ताव, राजपाले खोज्यो संविधान संशोधनको सुनिश्चितता

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो चरणको निर्वाचनको सुनिश्मिचतताका लागि मिल्न नसकेका विषयमा प्याकेजमै सहमतिको प्रस्ताव गरेका छन् । राष्ट्रिय जनता पार्टी नेपालले ३१ जेठको निर्वाचनअघि नै संविधान संशोधन र स्थानीय तहको संख्या थप गर्नुपर्ने विषयमा अडान राखेपछि शनिबार बालुवाटारमा भएको प्रमुख चार दल बैठकमा प्रधानमन्त्रीले प्याकेजमै सहमति खोज्नुपर्ने प्रस्ताव गरेका हुन् ।

राजपालाई पनि मनाएर दोस्रो चरणको निर्वाचनमा सहभागी गराउन प्रमुख तीन दलले अन्तिम प्रयास गरिरहेका छन् । शनिबार साँझ झन्डै पाँच घन्टा चलेको सामूहिक र छुट्टाछुट्टै छलफलमा शीर्ष नेताहरुले राजपा नेताहरुलाई मनाउन विभिन्न विकल्पमा छलफल गरेका थिए ।

तर, राजपाले लामो समयपछि भइरहेको स्थानीय तह निर्वाचनबाट वञ्चित गराउने काम भइरहेको गुनासो गरेको थियो । निर्वाचनका लागि परिस्थिति बनाउनुपर्ने उसको धारणा थियो । उसले संविधान संशोधनको कुनै आधार नभईकन निर्वाचनमा जाँदा जनतालाई धोका दिएको ठहर्ने भन्दै त्यसको सुनश्चितता हुनुपर्ने माग गरेको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।

काठमाडौंको मेयरमा एमालेका विद्यासुन्दर विजयी, रञ्जु दर्शना भइन् तेस्रो






१३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्याशुन्दर शाक्य विजयी भएका छन् । शाक्य कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई १९ हजार बढी मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

१३ दिनसम्म च लेको मत गणना शनिबार मध्यरातमा सकिएको छ । तर, औपचारिक घोषणा आइतबार विहान मात्र भएको छ ।

शाक्यले ६४ हजार ९१३ मत पाएका छन् । उनका निकटमत प्रतिद्वन्द्वी कांग्रेसका राजुराजले ४५ हजार २६९ मत पाए ।

विवेकशील नेपाली दलकी रञ्जु दर्शना तेस्रो भइन् । उनले २३ हजार ४३९ मत पाएकी छन् । साझा पार्टीका किशोर थापा १८ हजार ४९६ मतसहित चौथो भएका छन् ।

कांग्रेसले हरिप्रभा खड्गी उपमेयरमा निर्वाचित भइन् । उनले ५८ हजार ९५२ मत पाइन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत पाए भने तेस्रो स्थानमा रहेकी साझा पार्टीकी निरुपमा यादवले ११ हजार ५३३ मत पाइन् ।

आर्थिक समाचार: तीन वर्षमा एलपी ग्यास विस्थापन

काठमाडौं । उर्जा मन्त्रालयले चालु आर्थिक वर्षवाट कार्यान्वयनमा ल्याएको नेपालको पानी जनताको लगानी कार्यक्रमलाई आगामी बजेटवाट प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ ।

आउदो बजेटमा नै यहि कार्यक्रमलाई समावेश गरेर देशको उर्जा क्षेत्रको विकासमा जनताको लगानी स्थापित गर्ने गरी कार्यक्रम तयार गरिएको हो ।

उज्यालो नेपाल अभियानलाई सफल बनाउन नेपालको पानी जनताको लगानी कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यक्रम प्रस्ताव गरिएको उर्जामन्त्री जनार्दन शर्माको भनाई छ । तीन वर्षमा एलपी ग्यास विस्थापनलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ ।

तरलता समस्याले निक्षेप संरचना नै अदलबदललाई पनि नयाँ पत्रिकाले लेखेको छ । पेट्रोलियम कार भन्दा विद्युतिय कार सस्तोलाई पनि नयाँ पत्रिकाले लेखेको छ ।

अनुमतिविना आरोहणमा जाने अफ्रिकीलाई १० वर्ष प्रतिवन्धलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । २ हजार मेगावाटका चार ठूला आयोजना अघि बढाइदैलाई पनि कारोबारले लेखेको छ । स्थानिय जनप्रतिनिधिलाई सम्पति विवरण अनिवार्यलाई पनि कारोवारले लेखेको छ ।

चुक्त पुँजी बनाउन ६ महिना सहुलियतलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । कामिरिता २१ औ पटक सगरमाथामालाई पनि नागरिकले लेखेको छ ।
१२ खर्ब ५० अर्बको बजेटलाई अन्नपूर्णले मुख्य समाचार बनाएको छ । बजेट सक्न दुई पटक मर्मतलाई पनि अन्नपूर्णले लेखेको छ ।

Popular Posts

Like us on Facebook

Flickr Images