हङकङमा ‘ग्याङ फाइट’ गर्ने नेपालीमाथि गोली प्रहार, दुई घाइते

12:49 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
एजेन्सी, १६ असोज। हङकङको काउलोनस्थित जोर्डनमा ‘ग्याङ फाइट’ गर्ने नेपालीमाथि प्रहरीले गोली चलाएको छ।आइतबार बिहानै भएको ग्याङ फाइट र प्रहरीको गोली लागेर घाइते भएका तीन नेपालीलाई अस्पताल भर्ना गरिएको छ।
fight
फाइट परेको स्थनमा नेपालीको बाक्लो बसोबास रहेको जोर्डनको पार्कस् स्ट्रिटलाई सिल गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।स्थानीय एप्पल न्यूजका अनुसार आइतबार बिहान ६ बजे नै चक्कु र धारिला हतियार लिएका दुई नेपाली समूहबीच भइरहेको ‘ग्याङ फाइट’ रोक्न प्रहरीले कम्तिमा तीन राउण्ड गोली प्रहार गरेको थियो।

आफ्नै अगाडि हानहान गर्दै ट्याक्सी लिएर भाग्न खोजेपछि दुई जना प्रहरीले गोली प्रहार गरी नेपाली युवालाई नियन्त्रणमा लिएका थिए। जोर्डनस्थित प्रत्यक्षदर्शी एक नेपाली युवाका अनुसार एक जनालाई खुट्टा र अर्कोलाई पाखुरामा प्रहरीको गोली लागेको छ।

नजिकको क्वीन एलिजावेथ अस्पतालमा उपचार भइरहेका उनीहरूको नाम भने खुलाइएको छैन्।घटनास्थलमा रहेका एक प्रहरीले हङकङमा पछिल्लो समय नेपालीबीच बढेको ग्याङ फाइटमध्ये यो घटना निकै गम्भिर रहेको र त्यही अनुसार अनुसन्धान भइरहेको बताए।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
Admin

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images