कम्पनी मालिक फरार हुँदा १० नेपालीको विचल्ली, उज्जवल भविश्यको सपना पनि चक्नाचुर

6:30 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
दिलीप पराजुली दोहा - करिब डेढ महिना देखि सम्पर्क बिहिन अल वाजिर कम्पनीका मालिक ९मोबाइल नम्बर ५५४६९६९२० कामदारलाई बिचल्ली बनाएर फरार बनेका छन । कम्पनि मालिकसंग बारबार सम्पर्क गर्दा पनि भेट्न नआए पछि करिब एक महिना अघि कोठाको भाडा तिर्ने पैसा नभएर घरबेटीले आफ्ना सम्पूर्ण भाडा, बेड अलिक काम लाग्ने समान जफत गरि कोठा बाट निकालीदिएको पिडित गुल्मी घर बताउने गंगा बहादुर थापा आखा भरि आशु बनाएर दुखेसो सुनाउछन।

तीनदिन सम्म घरको छतमा आकाशको छानो बनाएर सुत्यौ तर त्यहाबाट पनि निकाली दिए पछि रोडको बास भयो । अहिले नज्मा स्थित यौटा पुरानो घरमा कम्पनीका सबै कामदार एउटा कोठामा कोचिएर बसेका छन । जम्मा दश जना नेपाली र चार बंगली रहेको कोठामा न त खानको लागि केहि छ न त ओछ्याउने कुनै उपयुक्त कपडा छ । नेपालीहरुमा मोरंगका तिलक भुजेल, अम्बर थेगिंग, सुनसरीका अजय चौधरी, झापाका दिपेन ताजपुरिया, धनकुटाका रत्न भुजेल, नवलपरासीका भगवान गुप्ता, बिनोद चमार, रुपन्देहीका ओम प्रकाश पासी, र गुल्मीका गंगा बहादुर थापा र बिर बहादुर बि।क। रहेका छन्।


नेपालमा बसुन्धरा स्थित ग्लोबल डाइनामिक मेनपावर बाट पाच जना एक बर्ष अघि र पाच जना छ महिना अघि मासिक १००० रं २०० तलबमा आए पनि अहिले सम्म जम्मा ३०० मात्र पाएको पिडितको गुनासो छ। कम्पनी र मेनपावर बीच समन्वय गर्ने दिपु भन्ने (मोबाइल नम्बर ७०४४३७४७) जसले उक्त कम्पनीमा काममा लगाएका हुन् अहिले सम्पर्क गर्दा दिपु पनि सम्पर्क बाहिर छ।


पिडित मध्ये जम्मा दुई जनाको मात्र कतारी परिचय पत्र बनेको छ। खानलाई समस्या परे पछि मोरंगसुनसरी सेवा समाज कतारले केहि दिनको लागि पुग्ने राहत पुर्याएको छ । यस भन्दा अगाडी पनि केहि सामाजिक सस्थाले राहत उपलब्ध गराएका थिए।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
Admin

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images