साउदीमा तलव नपाएपछि नेपाली कामदार भोकभोकै, घर फर्कन कम्पनीले राहदानी नदिदा बिचल्ली -

10:33 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, ११ भदौ । साउदी अरबको दमामस्थित एक कम्पनीले कामदारलाई तलव नदिएर घर फर्कन राहदानी समेत नदिदा १६ नेपाली कामदार भोकभोकै भएका छन । साद सह्मि अल हज्री कम्पनीले गत असोज देखी पुससम्म ४ महिनाको तलव नदिएर कामदारलाई घर फर्कनु भनेको थियो । तर, घर फर्कनलाई कम्पनीले राहदानी नदिदा उनीहरु आठ महिना देखि बिचल्लीमा परेका हुन ।


तलव नपाएपछि कामदारहरु स्थानीय श्रम अदालत गएका थिए । ८ महिना देखि पटक–पटक श्रम अदालतले बोलाएको तरिखमा धाउदा समेत न्याय नपाएको उदयपुर घर भएका पीडित कामदार दुपेन्द्र राईले गुनासो गरेका छन । उनका अनुसार कम्पनी सञ्चालकले चार महिनाको तलव नदिने बताउँदै कामदारको राहदानी मात्र दिएर दुई साता भित्रमा भिसा लगाएर घर फर्काईदिने बताएका थिए । तर, हालसम्म पनि राहदानी नपाउँदा भोकभोकै बस्नुपर्ने अवस्था आएको राईले बताए । ‘हामी त भोकभोकै छौ, उनले भने ‘अरु पनि धेरै कामदारको बिजोग छ ।’ कतिपय नेपाली कामदार भने राहदानी पाएर घर फर्किएका छन । बिचल्ली हुनेमा भारतीय र श्रीलंकाली कामदार पनि छन ।
दुई सातामा कम्पनीले राहदानी दिएर घर फर्काउँने भनेपछि कामदारले घरबाट पैसा मगाएर घर फर्कने तयारी गरेका थिए । तर, चार महिना सम्म पनि राहदानी नपाएपछि घरबाट मगाएको पैसा समेत खाएरै सकिएपछि अहिले भोकभोकै बस्नुपर्ने अवस्था भएको उनिहरुको गुनासो छ । रोजगारदाता कम्पनीले आवासीय अनुमति पत्र एक बर्ष देखी नवीकरण नगरिदिएकाले बन्दी भएर बस्नुपरेको भन्दै नेपाली कामदारहरुले उद्धारको लागि पहल गरिदिन दुतावास र सरकार समक्ष माग गरेका छन ।
name-list

यता दुतावासका कर्मचारी हरी घिमिरेले कामदारलाई उद्धार गर्नका लागि पहल भईरहेको भन्दै काम पुरा हुनका लागि एक महिना देखी एक बर्ष सम्मपनि लाग्न सक्ने प्रतिक्रिया दिएको पीडित नेपाली कामदारको भनाई उद्धित गर्दै ओखलढुगाका शान्तिराज राईले जानकारी दिएका छन ।
पीडितहरुको नाम, साऊदी आईडी नं र पासपोर्ट नम्बर सुचीः
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
Admin

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images