अर्घाखाँची दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो

9:07 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
अर्घाखाँचीको हंशपुरमा आइतबार दिउँसो भएको जिप दुर्घटनामा ज्यान जानेको संख्या ११ पुगेको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक रवरत्न पौडेलका अनुसार घटनास्थलमा ९ जना र उपचारको क्रममा सन्धिखर्कमा थप दुई जनाको ज्यान गएको छ।





दुर्घटनामा परी जिपका मालिक किमडाँडाका नारायण रानाको पनि मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुनेहरूमा अधिकांश हंशपुरका रहेका छन्। प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा हंशपुरका रामबहादुर घर्तीमगर, हुमबहादुर राना, भीम केसी, मीनबहादुर केसी र देवबहादुर थापाको ज्यान गएको छ।

त्यसैगरी, धारापानीकी कमला पौडेल, पुर्कोटदह गुल्मीका भेषबहादुर थापा, गुल्मी भनभनेका बुद्धिराम परियार, बाङ्गेमोरट प्युठानका शोभा रोकामगरको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट प्युठानको बाँदीकोट जाँदै गरेको ग१ज ४८७८ नम्बरको जिप दिउँसो सवा तीन बजेतिर हंशपुर गाविस–५ रतनमारे बजार नजिकै पोष्टापाटको भीरबाट तल खसेको थियो।

कच्ची तथा उकालो सडक रहेको घटनास्थलबाट जिप करिब ७ सय मिटर तल खसेको बताइएकोे छ। दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई थप उपचारको लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।

दुई जना घाइतेको सन्धिखर्कमै उपचार भइरहेको बताइएको छ। जिपमा १९ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
Admin

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images