भूकम्पपछि चेलिबेटी बेचबिखन बढ्यो, भारतमा मात्रै दुई लाख भन्दा बढी नेपाली महिला तथा बालिका यौन व्यवसायमा संलग्न

8:32 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौँ १४ भदौ । विसं २०७२ वैशाखको भूकम्पपछि मानव बेचबिखन बढेको एक संस्थाको अध्ययनले देखाएको छ ।

चेलिबेटी बेचबिखनविरुद्धको राष्ट्रिय सञ्जाल (एनएनएजिटी)का अनुसार भारतमा मात्र बर्सेनि १३ हजारभन्दा बढी महिला तथा बालबालिकाको बेचबिखन हुने गरेको छ । अहिले भारतमा कम्तीमा पनि दुई लाख नेपाली महिला तथा बालिका यौन व्यवसायमा संलग्न रहेको बताइएको छ ।

एनएनएजिटीका अध्यक्ष भारती सिलवाल गिरीले नयाँ दिल्ली, हङकङ, तिब्बतमा धेरै चेलिबेटीको बेचबिखन हुने गरेको बताउँदै भूकम्पको समयमा नेपालमा धेरै चेलिबेटी बेचबिखन भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो– “भूकम्पपछि महिलालाई रोजगारीको प्रलोभनमा, सहज र राम्रो जीवनयापन हुने लोभ देखाएर बेचबिखनमा पार्ने गरेको देखियो । अहिले यौन व्यवसायका लागि मात्र नभई मानव अङ्ग तस्करीका लागि समेत महिला तथा बालबालिकाको प्रयोग गर्ने गरेको देखिन्छ ।”

खुल्ला सिमानाका कारण भारतमा महिला, बालिका बेचबिखनमा बढी पर्ने गरेपनि माइती नेपाललगायतका विभिन्न संस्थाको सक्रियतामा केही कमी आएको उहाँले बताउनुभयो ।

एनएनएजिटीको सोमबार सम्पन्न दुईदिने चौथो राष्ट्रिय सम्मेलनले सरकारले मानव बेचबिखनसम्बन्धी नयाँ कानुन बनाउनुपर्ने र भएका कानुनको कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिएको छ ।

यसैगरी, सम्मेलनले बेचबिखनमा परेका महिलाको उद्धार कार्यलाई प्रभावकारी बनाउनुपर्ने र पीडितलाई न्याय दिलाउनेतर्फ सरकारले छिटोभन्दा छिटो पहल गर्ने संयन्त्र गठन गर्नुपर्ने जनाएको छ ।

यस्तै, नेपालका कति महिला, बालबालिका बेचबिखनमा परेका छन् र कुन कुन मुलुकमा बढी बेचबिखनमा पर्ने गरेका छन् भन्ने यकिन तथ्याङ्क नभएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
Admin

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images