खुशीको कुरा :अब विदेशबाट एक किलो भन्दा सानो टुक्रा सुन ल्याउन पाइने
5:12 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, १३ भदौ-अबदेखि एक केजीभन्दा सानो परिमाणको टुक्रा सुन पनि आयात गर्न पाइने भएको छ । एक केजीको टुक्रा मात्रै आयत गर्न खरिद बिक्रीमा समस्या भएको भन्दै साने परिमाण्का टुक्रा सुन पनि आयात गर्न पाइने व्यवस्था गर्न लागिएको हो ।
अहिलेसम्म एक केजीभन्दा सानो परिमाणको टुक्रा भएको सुन आयत गर्न पाइने व्यवस्था नभएको आजकोराजधानी दैनिकमा समाचार छ ।यस्तो व्यवस्था परिवर्तन गरेर १ सय २ सय ५ सय र एक केजी परिमाणको टुक्रा सुन आयत गर्न पाइने व्यवस्था गर्न लागिएको नेपाल राष्ट्र बैंकको विदेशी विनियम विभागका प्रमुख भीष्मराज ढुंगानाले जानकारी दिए । सानो परिमाणको टुक्रा आयत अनुमतिका लागि राष्ट्र बैंकले वाणिज्य मन्त्रालयसँग सहमति मागेको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments