खाचीकोट कुर-दुवारमा चितुवाले ५ वर्षिया बालिका खायो (तस्बिर सहित )
8:14 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement

सन्धिखर्क नगरपालिका वडा नं ९ (साविकको खाचीकोट ६) कुर दुवारमा आईताबर साँझको समयमा घर बारीको डोराबाट सुर्य बहादुर बिक, आमा लक्ष्मी बिककी ५ वर्षिया छोरी ललिता बिकलाई चितुवाले आक्रमण गरेको हो ।

स्थानिय रुद्र ज्ञवालीले अर्घाखाँचीडट्कमलाई बताए अनुसार चितुवाले ५:३० बजे साँझ बारीको डोरामा दिसा गर्न बसेको बेलामा बालिकालाई आक्रमणमा गरेको थियो । आमा बारीमा बोडी दिप्दै थिईन । स्थानियबासीले खोजी गर्ने क्रममा ८ बजे दुवार मुनीको जंगलमा बालिकाको केही भाग (साप्रो) शरीर खाएको र क्षतविक्षत अवस्थामा शब फेला परेका छन् ।

अर्घाखाँचीमा पछिल्लो समय चितुवाको बिगबिगी बढेको छ ।




भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments