तीजको संघारमा सुनको मूल्य घटे कति पुग्यो प्रतितोला सुनको मूल्य पुरा पढ्नुहोस
5:15 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement

अन्य समयको भन्दा धेरै ब्यापार हुने समयमै कारोबार उत्साहजनक नभएपछि ब्यापारीहरु केही निराश छन् । तर, बजारमा नयाँ सुन नकिनेपनि साट्नेहरुको पनि संख्या बढ्दो छ । मूल्य महंगो भएकाले आफ्ना पुरानो गहनासँग अर्को गहना सट्टापट्टा गर्नेको संख्या बजारमा उच्च छ । अन्तर्राष्ट्रिय रुपमै सुन महंगिएपछि तीज आउनै लाग्दा पनि बजार प्रभावित भएको महासंघले जनाएको छ । अघिल्ला वर्षहरुमा यसै समयमा सामान्य अवस्थामा भन्दा झण्डै ५० प्रतिशत बढी ब्यापाार हुने गरेको थियो । बेलायत युरोपियन युनियनबाट बाहिरिने निर्णयसँगै सुनको भाउ एकैपटक महंगिएको थियो । त्यसपछि प्रभावित भएको सुन बजारले गति लिन सकेको थिएन । तर, तीज नजिकिएपछि सुन बजार फेरि ब्युँतिएको छ । अघिल्लो वर्ष भूकम्पपछि पनि यसै सिजनमा दिनको ३० केजीसम्म सुन खपत भएको थियो । अध्यक्ष शाक्यकाअनुसार यो वर्ष भने खपत ३० प्रतिशतभन्दा बढी घटेको छ । अहिले दैनिक १८ केजीसम्म सुन खपत भइरहेको छ । सामान्य अवस्थामा बजारमा दैनिक २० देखि २५ केजी सुन खपत हुन्छ । ‘अहिले व्यापार विगत एक दशकयताकै कमजोर अवस्थामा छ,’ शाक्यले भने, ‘ग्राहकको भीड लाग्नुपर्ने समयमा कालीगढलाई तलब खुवाउन पनि समस्या छ ।’ सुको मूल्य ५४ हजार रुपैयाँसम्म झरे फेरि कारोबार सुध्रिने सक्ने महासंघको भनाइ छ । ‘कारोबार सु”निका लागि मूल्य ओरालो लाग्नैपर्छ,’ अध्यक्ष शाक्यले भने, ‘तर, तत्काल सुनको मूल्य ओरालो लाग्ने कुनै संकेत देखिएको छैन । त्यसैले यसपालीको तीजले सुन बजारमा ठूलो उत्साह थप्ने देखिँदैन ।’ बजारमा कारोबार घट्दा साना व्यावसायी धेरै प्रभावित भएका छन् । झण्डै एक दशककै बीचमा सुन बजार यति कमजोर अवस्थामा आएको महासंघको ठहर छ । अहिले नयाँ गहना बनाउने भन्दा पुराना गहगहना बेच्न आउनेहरु बढी छन् । पसलहरुमा फिर्ता लिएका गहना पनि नबिक्दा बैंकको सुन थन्किने अवस्थामा आएको ब्यापारी बताउँछन् । अहिले सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments