भन्सार नतिरी ३२ इन्चको एलसिडी टिभी लग्न खोज्दा एयरपोर्टमै समातिए २८ वर्षीय युवक कति इन्चको टिभीको कति तिर्नुपर्छ?

6:55 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
थाई एयरवेजको टिजी ३१९ नम्बरको उडान बैँककबाट काठमाडौँ उत्रन्छ मध्याह्न १२ बजेर २५ मिनेटमा। त्यसको केही घण्टापछि त्यही जहाज चढेका यात्रुले ल्याएको सामानसहित एक जना व्यक्ति पक्राउ परे। उनको दोष थियो ३२ इन्चको तीन वटा एलसिडी टिभी अवैध रुपमा कलेक्सन गर्नू।



नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षले दिएको समाचार अनुसार पक्राउ पर्ने व्यक्ति हुन् संखुवासभा मच्छेपोखरी–४ का २८ वर्षीय महेश गुरुङ। हाल उनी कीर्तिपुर बस्दा रहेछन्। बैँककबाट थाई एयरको विमानमा आउने यात्रु पनि उनै हुन् कि हैनन्, प्रहरीको समाचारमा खुलेको छैन। तर उनलाई समातिएको भने एयरपोर्टभित्र होइन, बाहिर हो।


गुरुङ एराइभल गेट बाहिर पार्किङ एरियामा थिए। प्रहरीले उनलाई त्यही पार्किङ एरियामा नै सामसुङ कम्पनीका ३२ इन्चका तीन वटा एलसिडी टिभी अवैध रुपमा कलेक्सन गरेको अवस्थामा पक्राउ गरेको बताएको हो।

अर्थात् सामान विमानस्थलबाट बाहिर आइसकेको थियो। भन्सारबाट पनि कटिसकेको थियो। बाहिर पार्किङ एरियामा बल्ल प्रहरीले समातेको हो।

ती सामान प्रहरीले बरामद गरी आवश्यक कारबाहीको लागि विमानस्थल भन्सार कार्यालय पठाएको जनाएको छ।

वैदेशिक रोजगारमा गई कम्तिमा लगातार १२ महिना काम गरी फर्कने नेपाली नागरिकलाई एक पटकको लागि ३२ इन्चसम्मको जुनसुकै टिभी ल्याए पनि सम्पूर्ण कर महसुल छुट दिने प्रावधान छ।

तर त्यसबाहेकका टिभी ल्याएमा इन्च अनुसार एकमुष्ट रकम भन्सार महसुल वापत असुल गरिन्छ। भन्सार नतिरी सामान लगे जफत गर्न सक्ने प्रावधान छ।


टिभी जुनसुकै प्रकारको (LCD, LED, PLAZMA) भए पनि इन्च गनेर भन्सार महसुल लिइन्छ भने भन्सार सेवा शुल्कका रुपमा थप ५६५ रुपैयाँ तिर्नुपर्छ। वैदेशिक रोजगारमा गई कम्तिमा लगातार १२ महिना काम गरी फर्कने नेपाली नागरिकले ल्याएको जुनसुकै प्रकारको (एलसिडी, प्लाज्मा वा एलइडी) ३२ इन्चसम्मको टिभीमा लाग्ने सम्पूर्ण कर महसुल छुट दिइनेछ। अर्थात् उनीहरुले सुको तिर्नुपर्दैन। यसका लागि तपाईँले आफू विदेशमा बसेको अवधि खुल्ने गरी आफ्नो नाम, पासपोर्ट नम्बर र ठेगाना अनि पासपोर्टमा उल्लेख भएको विदेशमा गएको र आएको समय आदिको विवरण भन्सार कार्यालयमा अभिलेखको लागि भरेर दिनुपर्छ। अरुका लागि भने दुई किसिमको क्राइटेरिया छ- छ महिनासम्म विदेशमा बसेर फर्केको र छ महिनाभन्दा बढी विदेशमा बसेर फर्केको। बढी विदेशमा बसेर फर्केकालाई अलि डिस्काउन्ट छ इन्चमा ५० रुपैयाँ। भित्र क्लिक गरी हेर्नुस् कति इञ्चको टिभीको कति रकम तिर्नुपर्ने हो?

यो सूचि अनुसार बायाँ पट्टी छ महिनासम्म विदेशमा बसेकाहरुका लागि र दायाँ पट्टी छ महिनाभन्दा बढी विदेशमा बसेकाहरुका लागि हो। उदाहरणका लागि १४ इञ्चको टिभी हो भने छ महिनासम्म विदेशमा बसेकाले प्रति इञ्च २०० रुपैयाँका दरले भन्सार महसूल २८ सय र भन्सार सेवा शुल्क ५६५ गरी कूल ३ हजार ३६५ तिर्नुपर्‍यो। अनि छ महिनाभन्दा बढी बस्नेले प्रति इञ्च १५० रुपैयाँका दरले भन्सार महसूल २१०० र भन्सार सेवा शुल्क ५६५ गरी कूल २ हजार ६६५ रुपैयाँ तिरे पुग्ने भयो।

यसै अनुसार इञ्चैपिच्छेको रकम हेर्दै जानुस्। ५५ इञ्चको टिभी कसैले ल्यायो भने ६ महिनासम्म विदेशमा बसेर आएकाले भन्सार महसूल र शुल्क दुवै गरी कूल ६९ हजार ३ सय १५ रुपैयाँ तिर्नुपर्छ भने ६ महिनाभन्दा बढी बसेर फर्केकाले ६६ हजार ५ सय ६५ रुपैयाँ तिर्नुपर्छ। तपाईँले विदेशबाट सित्तैमा ल्याएको भए पनि टिभीको भाउ ६० हजार नाघ्छ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
Admin

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images