कतारका कामदारका लागि खुशीकाे खबर
11:58 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
विदेशबाट कामदार मगाउँदा काफला अन्तर्गत मालिकले स्पोन्सर गर्ने चलन कतार लगायतका खाडी राष्ट्रमा छ । यसरी कतार पुगेका कामदारको पासपोर्ट खोस्ने र बन्धक बनाउने प्रचलनले गर्दा विदेशी कामदारहरुले दासका रुपमा काम गर्नुपर्ने अवस्था छ ।
आगामी डिसेम्बर १३ तारिखदेखि लागू हुने गरी यो प्राणाली खारेज गरेको कतारी मिडियाहरुले जनाएका छन् । काफला अर्थात स्पोन्सरशीप प्रणाली मालिकबाट कामदारमाथि हुने शोषण र यौन दूराचार समेतलाई प्रश्रय दिएको भन्दै आलोचित थियो । यो प्रणाली खारेज भएसँगै कतारमा घरेलु कामदारमा जाने कामदारलाई बढी राहत हुनेछ ।
कामदारले करार सम्झौता पत्रका आधारमा रोजगारी गर्न पाउने छन् भने रोजगारदाता कम्पनीले नो अब्जेक्सन प्रमाणपत्र दिनुपर्ने नियम हटाइएको छ । योसँगै अब कतारमा कामदारले खुल्ला रुपमा आवतजावत गर्न पाउनेछन् । इन्टरनेसनल कन्फेडेरेसन अफ ट्रेड युनियनले काफला प्रणाली हटाउन कतारलाई दवाव दिदै आएको थियो ।
आगामी सन् २०२२ मा विश्वकप फुटवलको आयोजना गर्ने जिम्मा पाएको कतारले श्रम कानुन श्रमिक मैत्री नबनाइए दोहामा हुने विश्वकप फुटबल हुन नदिने समेत मजदुर युनियनले बताउदै आएको थियो ।
कतार सरकारले काफला प्रणाली अन्त्यसँगै अब सरकारीतहबाटै स्पोन्सरशीप हुने र कामदारलाई अन्तर्राष्ट्रिय श्रम कानुन अनुसारको व्यवहार गर्ने जनाएको छ ।
यो प्रणाली खारेज भएपछि कामदारले आफू शोषण भएको ठानेमा कामदारले विकल्प समेत खोज्न पाउनेछन् । काफला प्रणलीका कारण घरेलु कामदार निकै पिडित बनेका थिए । उनीहरुले यौन हिंसा पनि सहनुपर्ने स्थिति थियो ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments