पोखरामा एक युवाले गरे श्रीमतिको घाँटी रेटेर हत्या, लगत्तै विष सेवन गरी आफैंले गरे आत्महत्या

3:37 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
स्याङजा किचनास ३ का २२ वर्षीय सञ्जीवबहादुर नेपालीले आफ्नी श्रीमती २८ वर्षीय सोनम रेग्मीको घाँटी रेटेर हत्या गरी आफूले पनि विष सेवन गरी आत्महत्या गरेका हुन् । श्रीमती रेग्मी स्याङ्जा पवेगौडे–२ माइत भएकी नरेशप्रसाद रेग्मीकी छोरी हुन् ।

श्रीमतीको चक्कुले घाँटी रेटेर हत्यापछि ती युवकले विष सेवन गरेका र उनको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए । श्रीमती सोनमको भने घटनास्थलमै ज्यान गएको हो ।
उनीहरुबीच ५ वर्ष अघि विहे भए पनि आपसमा नमिलेपछि छुट्टाछुट्टै डेरा गरी बस्दै आएका थिए ।

नेपालीले बुधबार दामोदर चालिसेको घरमा डेरा बसेकी श्रीमतीलाई भेटी उनीमाथि एक्कासी छुरा प्रहार गरेका थिए । श्रीमती चिच्चाएपछि सर्वसाधारण के भएको रहेछ भनी घटनास्थल पुगेका थिए । दुवैकोे शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

उनीहरुबीच सम्बन्ध बिच्छेदको लागि जिल्ला अदालतमा निवेदनसमेत दायर भैसकेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थाहा पाएपछि सिमलचौर सर्वसाधारणको ठूलो भीड लागेको थियो ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
Admin

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images