त्रिशुलीमा बस खस्यो, १९ को मृत्यु: अझै २० भन्दा बढी यात्रु बेपत्ता

7:31 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
१० भदौ, चितवन । रौतहटबाट पोखराका लागि छुटेको यात्रुबस शुक्रबार बिहान चितवनको मुग्लीन–नारायणगढ सडकखण्डमा दुर्घटना हुँदा १९ यात्रुको मृत्यु भएको छ ।



ग १ ख ३७०९ नम्बरको बस मुग्लिन नजिकै चण्डीभञ्ज्याङ ६ कालिखोला क्षेत्रबाट त्रिशुली नदीमा खसेको हो ।

दुर्घटनामा १९ यात्रुको मृत्यु भएको र १२ जना घाइते भएको प्रहरी उपरीक्षक बसन्त कुँवरले अनलाइनखबरलाई जानकारी दिए । घाइतेहरुलाई उपचारका लागि चितवनको भरतपुर ल्याइएको छ ।

बस विहान ५ बजेतिर दुर्घटनामा परेको जनाइएको छ । बस सडकबाट करिब २०० मिटर तल खसेर नदीमा डुबेको छ । बसको अधिकांश भाग नदीमा डुबेको र विस्तृत विवरण प्राप्त नभएको मुग्लीन प्रहरीले जनाएको छ ।

दुर्घटना भएको क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेका छन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
Admin

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images