जोया काण्डः किन समातिइन जीवनकि आमा घरबाटै? छानवीन समिति गठन पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्

9:03 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
नेपाल मगर संघ केन्द्रीय समितिले, आज निर्माण गरेको ७ सदस्यीय छानबिनसमितिको सदस्य महेश कुमार राना मगरले जानकारी दिएअनुसार आज बिहानैबाट चितवन प्रसासनले जीवनको आमालाई प्रहरी कार्यालयमा बोलाई रहेको बताउनु भएको छ ।


बोलाउनको कारण छानबिन समितिले बुझ्दा मिडियामा अब केहि नबोल्नु हामी सहयोग गर्छु भनेको र जीवनको आमाले किन नबोल्ने हामी अन्यायमा परेको छ बोल्छु । म त्यहाँ आएपनि काठमाडौंबाट आफन्तहरु आउदैछ संगै आउछु भन्दा करीब बेलुका ५ बजेतिर हवल्दारको कमाण्डमा घरमै आएर जीवनको आमालाई डिएसपी कार्यालय पुर्याएको जानकारी छानबिन समितिको सदस्य महेश कुमार राना मगरले दिनुभएको छ ।

जोया र जीवनको परिवारको न्यायको लागी नेपाल मगर संघ केन्द्रिय समितिको दोस्रो पाईला-७ सदस्यीय छानबिन समिति गठन गरिएको छ । जसमा भनिएको छकी सोलुखुम्बु जिल्ला स्थायी निबासी जिबन थापा मगर र जोयालिन काण्डको बारेमा सत्य तथ्य घटना पत्ता लगाउन नेपाल मगर संघ केन्द्रिय समितिको सचिब, विदेश बिभाग प्रमुख एबम अधिबक्ता रक्षा रोका मगरको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी गराउदै उक्त घटनाको बारेमा सम्बन्धित पक्ष वा निकायमा छलफल र अनुसन्धान गरि आजको मितिले २०७३ भाद्र ८ गते देखि १५ दिनभित्र संघमा प्रतिबेदन पेश गर्न समेत अनुरोध गरिन्छ भनिएको छ ।

समितिका सदस्यहरुमा क्रमस कमला थापा मगर, सन्तोष राना मगर, ईन्धीरा श्रीस मगर, चन्द्र रानामगर, सुरबीर थापा र महेश कुमार राना मगर रहेको छ र समितिलाई १५ दिनभित्र सत्यतथ्य प्रतिबेदन बुझाउन निर्देशन गरिएको अध्यक्ष नबिन रोकामगरले डीके मेडीयालाई बताएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
Admin

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images