फेसबुकबाट लभ परेर बिहे गरेका इटालीकी युवती र बारा नेपालका युवक अहिले के गर्दैछन्!हेर्नुहोस भिडिओ !!

9:35 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
सामाजिक सञ्जाल फेसबुकमार्फत चिनाजान भई प्रेममा परेका इटलीकी युवती र नेपाली युवाले कानूनी रुपमै विवाह गरेका छन् ।



बाराको कोल्हवी–४ हनुमानगञ्जका २७ वर्षीय प्रविण तामाङ र इटलीको तोरेदेलक्रे निवासी २१ वर्षीया फ्रेन्सिस्का इग्नराको जिल्ला प्रशासन कार्यालय बारामा कानूनी विवाह भएको प्रविणका छिमेकी हरिकृष्ण मैनालीले जानकारी दिए ।

गत अढाइ बर्ष अगाडि रोजगारीका लागि कोरिया पुगेका तामाङ त्यहीं रहँदा नै फेसबुकमार्फत इग्नरासँग चिनाजान भएको थियो । उनीहरुको परिचय विस्तारै प्रेममा परिणत भएपछि आफूहरुले विवाह गर्ने निधो गरे अनुसार १४ कातिकमा विवाह गरेको प्रविणले बताए ।

प्रविण दुई महिनाअघि मात्रै कोरियाबाट कोल्हवी फर्केका थिए भने इग्नरा इटलीबाट एक महिना अगाडी बारा आइपुगेकी हुन् ।प्रवीण र इग्नरा । तस्वीर : श्याम गुप्ता
“बिहे गरेर निकै खुशी भएकी छु, नेपालको बारेमा सुनेकी मात्रै थिएँ, यहाँ आएर हिमाल देख्दा खुशीको सीमाना रहेन, त्यसमाथि प्रविणसँग विवाह भएपछि सपना पूरा भएको छ,” इग्नराले अंग्रेजीमा भनिन् ।

उनले प्रविण र आफू कानूनी प्रक्रिया पूरा गरी चाँडै इटली जाने पनि जानकारी दिइन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
Admin

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images